
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।
भेटमा अध्यक्ष राउतले सरकारसँग विमति रहेकाले बाहिरिन चाहेको बताएका थिए । तर प्रधानमन्त्री दाहालले माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै रोजेको मन्त्रालय दिन आफू तयार भएको बताएको उनको सचिवालय स्रोतले जनाएको छ ।
प्रधानमन्त्रीले रोजेकै मन्त्रालय दिने हो भने तत्काल सम्भावना छैन किनकि उद्योग मन्त्रालय नेपाली कांग्रेसको भागमा छ । जनमत पार्टीले आफूहरूले रोजेको भौतिक पूर्वाधार मन्त्रालय नपाएपछि आफ्ना एक मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij