
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । रुपन्देहीको सुद्धोधन गाउँपालिकामा मानपकडीमा १० वर्षीया बालिका बलात्कार आरोपमा ६५ वर्षीय पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुद्धोधन गाउँपालिका-५ का शिव भारती छन् । शुक्रबार दिउँसो घरआसपास खेलिरहेकी बालिका बलात्कृत भएबारे उनकी आमाले बेलुका ८ बजेमात्र बालिकाले आमालाइ घटनाबारे भन्दा थाहा पाएकी थिइन् ।
त्यसपछि बालिकाकी आमाले प्रहरीलाई खबर गरेकी थिइन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरत विक एसपी विकका अनुसार बेलुका ९ बजे आरोपित भारतीलाई पक्राउ गरिएको थियो ।
‘बालिकाकी आमाले छोरीमाथी जवरजस्ती करणी गरेको भनेर गुनासो गरेपछि शुक्रबार राति उनकै निवासबाट नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छौं, एसएसपी बिकले भने ।
पक्राउ परेका आरोपी भारतीलाई छोड्नका लागि दवाव समेत दिन थालेपछि पीडित परिवार घर छाडेर बुटवलस्थित आफन्तकोमा बसेको बताएका छन् । सामान्य हो भन्दिनु भनेर दवाव आईरहेको छ, त्यसैले उहाँहरु घर छोडेर आफन्तकोमा गएर बस्नु भएको छ,’ पीडित छिमेकीले भने ।
सुद्धोधन गाउँपालिका अध्यक्ष बिष्णु बस्यालले घटनाबारे जानकारी पाएको बताउँदै आफूले वडाअध्यक्ष चन्द्रभान चौधरीलाई त्यस बिषयमा कानूनी कार्वाहीमा सहयोग गर्न भनेको बताए ।
जिल्ला प्रहरी प्रवक्ता श्यामु अर्यालले एकजना महिलाले घटना सामान्य हो प्रहरीलाई नै फोन गरेको बताए । ‘एकजनाले घटना सामान्य हो म बालिकाको आमा हुँ भनेर फोन गर्नुभएको थियो, त्यो बाहेक अन्य कसैले आरोपीलाई छोड्नु पर्यो भन्नुभएको छैन, उनले भने ।
जिल्ला प्रहरी प्रमुख बिकले कसैले दवाव दिएर आरोपितलाई छोड्न नमिल्ने बताए ।
‘आरोपीमाथी अनुसन्धान भईरहेको छ, अदालतबाट म्याद थप गरेपछि घटनाबारे थप जानकारी दिउँला, बिकले भने ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij