
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । हेटौंडामा बस दुर्घटना हुँदा चार दर्जन यात्रु घाइते भएका छन् । चितवनबाट जनकपुर जाँदै गरेको ना. ६ ख ९८०४ नम्बरको बस हेटौंडा उपमहानगरपालिका–११ नवलपुरमा आज दिउँसो दुर्घटना भएको हो ।
दुर्घटनामा ४९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुको हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । ति मध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।
निर्माणको काम भइरहेको स्थानमा बस अनियन्त्रित भएर सडकबाट तल खसेको थियो । चालक सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij