
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारप्रति जनताको विश्वास बढाएको दाबी गरेका छन् । पछिल्लो समय ठूला भ्रष्टाचारका फाइल खोलेर कारबाही अघि बढाएसँगै जनतामा सरकारप्रति विश्वास बढाएको उनको भनाइ छ ।
बुधबार बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भुटानी शरणार्थी प्रकरणमा सरकारले लिएको ‘याक्सन’ कमजोर नभएको बताए । उनले ललिता निवास प्रकरणमा पनि दोषीलाई नछाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उनले पछिल्लो समय सुशासनका क्षेत्रमा आफूले उल्लेख्य काम गरेको बताए । उनले संसदलाई जवाफ दिँदै खेतीका समयमा रासायनिक मलको अभाव नहुने पनि दाबी गरे ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij