
Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग राष्ट्र संघको शान्ति सेनासम्बन्धी विभाग हेर्ने उपमहासचिव जिन–पिरे ल्याक्रोइक्सले बुधबार बिहान शिष्टाचार भेटवार्ता गरेका छन् ।
आजको भेटमा नेपाल र संयुक्त राष्ट्र संघबीचको साझेदारी तथा शान्ति सेनामा नेपालको योगदानका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । चार दिने भ्रमणमा उपमहासचिव ल्याक्रोइक्स मंगलबार काठमाडौँ आइपुगेका हुन् ।
उनले नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मासँग जंगी अड्डामा मंगलबार नै शिष्टाचार भेट गरेका थिए । सो भेटमा आपसी चासोका विषयहरुमा छलफल भएको सेनाको भनाई छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij