
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । आगामी वर्षका लागि ल्याएको बजेटमाथि लुम्बिनीमा सरकारले आज बुधबारदेखि संसदमा छलफल गर्ने भएको छ ।छलफलका लागि आज दिउँसो तीन बजे प्रदेश सभा बैठक बोलाइएको छ ।
आज बस्ने प्रदेश सभा बैठकमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले प्रस्तुत गरेको आर्थिक वर्ष ०८०/०८१ को बेजटमाथि छलफल हुने सम्भावित कार्यसूची रहेकाे प्रदेश सभा सचिवालयले जनाएको छ । गत असार १० गते बजेटमाथि छलफल गर्न बैठक आह्वान गरिएको थियो । तर सत्तापक्षीय सांसदहरूले बजेटमाथि असन्तुष्टि जनाएपछि बैठक स्थिगित गरिएको थियो ।
मुख्यमन्त्री डिल्ली चौधरी र अर्थमन्त्री धनबहादुर मास्कीले आफू केन्द्रित बजेट ल्याएको भन्दै उनीहरुले विरोध गर्दै बजेट सच्चाएर ल्याउन माग गरेका थिए । लुम्बिनीमा प्रदेश सरकारले असार १ गते ४० अर्ब ४७ करोड ८९ लाख बराबरको बजेट ल्याएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij