
Jun 20 2025 | २०८२, असार ६ गते
काठमाडौँ । न्याय परिषद्को बैठक आज पनि बस्ने भएको छ । परिषद्का प्रवक्ता मानबहादुर कार्कीले सर्वोच्च अदालत र उच्च अदालतमा न्यायाधीश नियुक्ति लगायतका विषमा छलफल गर्न बुधबार बैठक बोलाइएको जानकारी दिए ।
न्यायाधीश नियुक्तिका लागि सोमबार बोलाइएको बैठक बिना निष्कर्ष सकिएको थियो । सोही कारण कार्कीले बुधबारका पुन: बैठक बसेर छलफल हुने जनाएका थिए ।
सर्वोच्चमा ६ र उच्च अदालतमा ४१ न्यायाधीश रिक्त छन् । उच्च अदालतमा २७ र सर्वोच्चमा ६ न्यायाधीश आजको बैठकले नियुक्त गर्ने सम्भावना रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij