Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

प्रधानमन्त्री दाहाल र चिनियाँ राजदूतबीच भेटवार्ता

प्रधानमन्त्री दाहाल र चिनियाँ राजदूतबीच भेटवार्ता

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ । राजदूत सोङ प्रधानमन्त्री दाहाललाई भेट्न सोमबार बिहान साढे ९ बजे बालुवाटार पुगेका थिए । उनीहरूबीच करिब एक घन्टा छलफल भएको स्रोतले जनाएको छ । 

    images
    images
    images

    उनीहरूबीच बिआरआई परियोजना र हालै पोखरामा सम्पन्न ड्रायगन फेस्टिभलका विषयमा छलफल भएको थियो । राजदूत छन् सोङले पछिल्लो समय नेपालमा गइरहेको बाढी पहिरोको विषयमा प्रधानमन्त्री दाहालसँग जानकारी लिएका थिए ।

    उनले सम्भावित प्राकृति विपत्तिमा चीन सधैं साथ रहने प्रतिवद्धता जनाएका थिए । भेटवार्तामा प्रधानमन्त्री दाहालको चीन भ्रमणका विषयमा पनि छलफल भएको थियो । मिति तय नभए पनि परराष्ट्र मन्त्रालय र चिनियाँ दूतावासले भ्रमणको तयारी गरिररहेको स्रोतले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij