
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । काठमाडौं महानगरपालिकामा प्लास्टिकका फूलका गुच्छा बिक्री वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ ।महानगरपालिकाका मेयर बालेन्द्र शाहले बुधबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गर्नु भएको हो ।
आगामी साउन १ गतेदेखि प्लास्टिकका फूलगुच्छा र ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोलामा रोक लगाइने मेयर शाहले बताउनु भयो । उनले भने,प्लास्टिकको फूलका गुच्छा बिक्रीवितरण र आयातका साथै ४० माइक्रोन भन्दा पातला प्लास्टिकको झोलालाई प्रयोगमा प्रतिबन्ध लगाइनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij