ताप्लेजुङ । आफ्नै श्रीमती ३१ वर्षीया निशा राईको हत्या गरेको अभियोगमा सिरिजंघा गाउँपालिकाका ३८ वर्षीय लक्ष्मण चाम्लिङ राईलाई प्रहरीले पक्राउ गरेको छ । लक्ष्मणले भान्सा कोठामा दाउराको चिरपटले टाउकोमा प्रहार गर्दा निशाको घटनास्थलमा नै मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ ।