Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

राष्ट्र बैंकद्वारा १० अर्बको विकास ऋणपत्र जारी गर्दै 

राष्ट्र बैंकद्वारा १० अर्बको विकास ऋणपत्र जारी गर्दै 

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र जारी गर्ने भएको छ । ६ वर्ष अवधिको विकास ऋणपत्र २०८६(ङ) बोलकबोल प्रक्रियाद्वारा निष्कासन गरिने केन्द्रीय बैंकले जनाएको छ ।

    images
    images
    images

    यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर/बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । यो ऋणपत्र धितो राखी कर्जा लिन र दिन पाइनेछ ।

    २०८० असार ५ गते अपराह्न ३ः०० बजेसम्म बोलकबोल हुने ऋणपत्र खरिद गर्न चाहनेले नेपाल राष्ट्रबैंकको अनलाइन विडिङ सिस्टममार्फत बोलकबोल पेश गर्नुपर्नेछ । असार ६ गते निष्कासन हुने विकास ऋणपत्र २०८६ असार ६ गते परिपक्व हुनेछ ।

    बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँड गरिने रकमसम्ममा कायम भएको कटअफ ब्याजदरलाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालाहरूलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइने केन्द्रीय बैंकले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij