
Apr 01 2025 | २०८१, चैत १९ गते
नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का नेता प्रदीप नेपालले नेकपाको सिद्धान्त र विचार प्रस्ट नभएसम्म त्यसलाई राजनीतिक पार्टी भन्न नसक्ने बताएका छन् । शनिबार नेता नेपाललाई भेट्न उनकै निवास पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार, मुख्यमन्त्री र मन्त्रीसँग कुराकानी गर्दै नेता नेपालले सो कुरा बताएका हुन् ।
भेटमा प्रधानमन्त्रीका सल्लाहकारहरुले स्वास्थ्यअवस्थाबारे चासो राखेका थिए । तर, नेता नेपालले जवाफमा आफु केही गर्न नसक्ने भन्दै आफुमात्रै नभइ, केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालहरुजस्ताबाट पनि कुनै आशा नगर्न सुझाव दिएको बताए ।
‘मैले उहाँहरुलाई सुरुमै भनिदिए, मैले केही गर्ने होइन, म केही गर्नपनि सक्दिनँ । अब तपाईंहरुले गर्ने हो । तपाईंहरु कमसेकम एक कार्यकाल राम्ररी गर्न सक्नुहुन्छ । बढी भए दुई कार्यकाल भ्याउनुुहोला’, मन्त्री र मुख्यमन्त्रीहरुलाई दिएको सुझावबारे नेता नेपालले रातोपाटीसँग भने,‘म मात्रै होइन, केपी ओली माधवकुमार नेपाल, झलनाथ खनाल र प्रचण्डबाट पनि कुनै आशा नगर्नुस् भन्दिएँ ।’
शनिबार प्रधानमन्त्रीका सल्लाहकारहरु विष्णु रिमाल, सूर्य थापा, राजन भट्टराई, मुख्यमन्त्री शंकर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल नेता नपालको निवास पुगेर स्वास्थ्यअवस्था बुझ्नुका साथै समसामयिक विषयमा कुराकानी गरेका थिए ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार समेत रहेका नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले नेता नेपालसँगको भेटमा दुर्लभ कुराकानी भएको भन्दै चिन्ता साझा रहेको बताए ।
उनीहरुसँगको भेटमा नेता नेपालले जनता छन्, सरकार पनि छ तर पार्टी नभएको बताएका थिए । ‘मैले भन्दै आएको हुँ र हिजो पनि त्यहीँ भने’, नेता नेपालले भने, ‘जनता छन्, सरकार पनि छ तर पार्टी छैन । सबभन्दा पहिला पार्टीको सिद्धान्तबारे निर्णय गर्नुपर्यो । जनताको बहुदलीय जनवाद हो कि जनताको जनवाद हो रु त्यो निर्णय नगर्दासम्म यो पार्टी हुँदैहुँदैन ।’
नेता नेपाल तार्किक र बौद्धिक नेताका रुपमा चिनिन्छन् । तर विगत केही बर्षयतास्वास्थ्य समस्या आएपछि उनी सक्रिय राजनीतिबाट टाढा बस्दै आएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij