
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग संसदीय सुनुवाइ समितिमा आज सवालजवाफ हुँदै छ । संसदीय सुनुवाइ समितिकाे बैठकमा हिजाे उनले आफू प्रधानन्यायाधीशमा नियुक्त भए गर्ने कामहरूको योजना सुनाएका थिए ।
आज उजुरीबारे सवालजवाफ हुन लागेकाे हाे । कार्कीविरुद्ध संसदीय समितिमा २९वटा उजुरी परेका छन् । सवाल जवाफका लागि समितिको बैठक आज बिहान ८ बजे बस्ने छ ।
उनले कार्यकाल कम भए पनि स्वतन्त्र र निष्पक्ष न्याय निरुपणलाई छिटो छरितो बनाउने दाबी गर्दै न्यायालयमा भ्रष्टाचार र अनियमिततामा शून्य सहनशीलता अपनाउने बताएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij