
Apr 26 2025 | २०८२, वैशाख १३ गते
काठमाडौँ । काठमाडौं महानगरपालिकाले उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) ले आयोजना गरेको शैक्षिक मेला रोकि दिएको छ । आजदेखि उक्त मेला काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको थियो ।
महानगरका अनुसार एसईई र प्लस टुको नतिजा प्रकाशन नहुँदै शैक्षिक मेलाको नाउँमा विद्यालयहरूले शुल्क र भर्नाका लागि नाम टिपाउने गरेकाले मेला बन्द गराइएको हो ।
आजदेखि चार दिनसम्म चल्ने भनिएको उक्त मेलाको उद्घाटन सभामुख देवराज घिमिरे र कलाकार मदनकृष्ण श्रेष्ठले संयुक्त रूपमा गरेका थिए । महानगरले प्रक्रिया पूरा नगरी हिसानले मेला सञ्चालन गरेको भन्दै मेला बन्द गराएको हो ।
एसईई र कक्षा १२ को परीक्षा दिएर नतिजाको प्रतीक्षामा रहेका विद्यार्थी र अभिभावकलाई लक्षित गरी उक्त मेला सञ्चालन गरिएको जनाइएको छ । मेलामा ७५ भन्दा बढी शैक्षिक संस्थाका स्टलहरू छन् । महानगरले स्टलहरू हटाइदिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij