
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौँ । प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्ष शिक्षा भट्टचन चयन भएकी छिन् । कम्पनीको जेठ २६ गते भएको साधारणसभाले अध्यक्षमा उनलाई निर्वाचित गरेको हो । संस्थापक शेयरधनीहरुको तर्फबाट अध्यक्ष भट्टचनसहित चार जना सञ्चालक निर्वाचित गरिएको हो ।
साथै सदस्यहरूमा सुशान शेचरन, मिजास भट्टचन र श्याम कृष्ण श्रेष्ठ निर्वाचित भएका हुन् । देवीप्रकाश भट्टचनको छोरी उनी यसअघि प्रभु इन्स्योरेन्सको सञ्चालक समितिको सदस्य थिइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij