Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

प्यूठान स्वर्णद्वारीमा कार दुर्घटनाः ८ जनाको मृत्यु

प्यूठान स्वर्णद्वारीमा कार दुर्घटनाः ८ जनाको मृत्यु

  • काठमाडौं । प्युठानको स्वर्गद्वारी नगरपालिका –४ भ्याकुतेमा भएको कार दुर्घटनामा परी मृत्यु भएका ८ जनामध्ये ७ जनाको पहिचान खुलेको छ । प्रहरीका अनुसार अन्य एक जनाको पहिचान खुल्न सकेको छैन । 

    images
    images
    images

    मृत्यु हुनेमा कार चालक लमही नगरपालिका ५ का ४९ वर्षीय तारा कुमाल, कारमा सवार लमही–७ का ४० वर्षीय गोविन्द शाह, उनकी श्रीमती ३० वर्षीया राधा नेपाली र उनका ९ वर्षीय  छोरा आदित्य शाह रहेको जिल्ला प्रहरी कार्यालय प्युठान प्रवक्ता सुशील थापाले जानकारी दिए । 

    यस्तै, मृत्यु हुनेमा तुलसीपुर उपमहानलपारिका  १५ कोठरीका ३५ वर्षीया सरिता शर्मा पोख्रेल, उनका १४ वर्षीय छोरा विशाल पोख्रेल र ९ वर्षीय छोरा विकास पोख्रेल रहेका छन् । 

    लु १ च ६३४५ नं. को कार एक्कासी अनियन्त्रीत भई सडक देखि  ५० मिटर तल सडकमा खस्न गई दुर्घटना भएको प्रहरीले जानकारी दिए । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij