
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । मोहन वैद्य किरण नेतृत्वको नेपाल क्रान्तिकारी कम्युनिष्ट पार्टीले नेकपा (मशाल)सँग पार्टी एकताका लागि पहल गर्ने भएको छ । वैद्यको अध्यक्षतामा बसेको सचिवालय बैठकले मशाललगायत अन्य क्रान्तिकारी समूह र व्यक्तिहरुसँग पनि एकताका लागि पहल गर्ने निर्णय गरेको हो ।
वैद्यले क्रान्तिकारी कम्युनिष्टको ध्रुवीकरणको कुरा उठाउँदै आएका छन् । केही समय अगाडि मात्रै वैद्यले विप्लवबाट छुट्टिएर बनेको नेकपा बहुमतसँग एकता गरेका थिए ।
त्यस्तै कोशी प्रदेश नामाकरणको विरोधमा भएको आन्दोलनलाई समर्थन गर्ने र विभिन्न आन्दोलनका क्रममा झुटा मुद्दा लगाइएका आफ्ना कार्यकर्ताको रिहाइको लागि प्रदर्शन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij