Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । बझाङको सुर्मा गाउँपालिका-४ का वडाध्यक्ष सर्जन बहादुर बोहोराको निधन भएको छ। ४१ वर्षीय वडाध्यक्ष बोहराको बुधबार राति आफ्नै निवासमा निधन भएको उनका भाइ राजेन्द्र बहादुर बोहोराले जानकारी दिए।
पहिलेदेखि नै मुटु सम्बन्धी रोगबाट पीडित बोहरालाई केही दिनअघि उपचारका लागि नेपालगञ्ज लगिएकोमा स्वास्थ्यमा सुधार नभएपछि घर ल्याइएको थियो।
उनी २०७९ साल वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका थिए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij