
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । सरकारले भूमिहीन दलित तथा सुकुम्वासीलाई जग्गाधनी लालपूर्जा वितरण थालेको छ ।
बुधबार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठले इलाम र झापाका ५४ परिवार भूमिहीन सुकुमबासीलाई जग्गाधनी लालपूर्जा प्रदान गरेकी हुन् ।
झापाको कनकाई नगरपालिकाका २९ र इलामको चुलाचुली गाउँपालिकाका २५ परिवारले पुर्जा पाएका हुन् ।भूमिहीन दलित सुकुमबासीलाई भूमि माथिको पहुँच पुर्याउने उद्देश्यका साथ तीन तहका सरकारको साझा कार्यक्रमको रुपमा अघि बढिरहेको भन्दै अब कोही पनि नेपाली नागरिक भूमि अधिकारबाट वञ्चित हुनु नपर्ने बताइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij