
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौँ । निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता लिन नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले माग गरेका छन् ।
सांसद थापाले बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै खर्च कटौतीको बहनामा निर्वाचन आयोगका जिल्ला कार्यालय खारेज गर्ने निर्णय फिर्ता लिन माग गरेका हुन् । उनले कार्यालय खारेज गरेमा निर्वाचनको निष्पक्षतामा प्रश्न उठ्ने बताए ।
उनले १५ करोड बचत गर्नका लागि निर्वाचनको निष्पक्षतामा सम्झौता गर्नुपर्ने अवस्थामा पुगिसकेका हो त भनेर प्रश्न पनि गरेका छन् । उनले निर्वाचन आयोगको कार्यालय खारेज गर्ने निर्णयलाई तत्काल सच्याउनका सरकारसँग माग गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij