
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौँ । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेर ११ मिनेटमा बस्ने भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणबारे जानकारी गराउने छन् ।
त्यस्तै बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको छलफल हुनेछ । मंगलबार बस्ने भनिएको राष्ट्रिसभा बैठक प्रधानमन्त्री दाहालले सम्बोधन गर्न नभ्याउने भएपछि स्थगित गरिएको थियो ।
बैठकमा बजेटमाथि बोल्न बाँकी सदस्यहरूले धारणा राख्ने कार्यसूची छ । सांसदले धारणा राख्नेक्रम सकिएपछि छलफलमा उठेका प्रश्नको अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिनेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij