Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

प्रधानमन्त्री प्रचण्डले राष्ट्रियसभाको सम्बोधन गर्दै

प्रधानमन्त्री प्रचण्डले राष्ट्रियसभाको सम्बोधन गर्दै

  • काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दैछ । १४औँ अधिवेशनको १३औँ बैठक बस्न लागेको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा  बिहान ११ बजेर ११ मिनेटमा बैठक सुरु हुनेछ ।

    images
    images
    images

    संसद् सचिवालयले बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक विषयमा वक्तव्य दिने सम्भावित कार्यसूची रहेको जनाएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउनेछन् ।

    त्यसपछि ‘आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गर्नेछन् ।

    संसद् सचिवालयका अनुसार सरकारको वार्षिक बजेटमाथि सामान्य छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची रहेको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij