
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौँ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । सेयरधनीले हकप्रदका लागि असार १० गतेसम्ममा आवेदन दिन सक्नेछन् ।
हाल कायम चुक्ता पूँजीको ७५ प्रतिशत हकप्रद सेयर कम्पनीले निष्काशन गरेको हो । जसमा १ कित्ता सेयर बराबर नयाँ ०.७५ कित्ता शेयर हुनेछ । कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिसेयर एक सय रुपैयाँ अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij