
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । संसद् सचिवालयले दिउँसो १ बजेका लागि बैठक बोलाइएको जनाएको छ ।
बैठकमा राष्ट्रियसभा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको पत्रको ब्यहोरा जानकारी गराउनेछन् ।
आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान छलफलका लागि आजको बैठकमा प्रस्ताव पेस हुने र छलफल सुरु हुने सम्भावित कार्यसूची रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij