Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

नक्कली भुटानी शरणार्थी प्रकरण : आज पनि थुनछेक बहस हुने

नक्कली भुटानी शरणार्थी प्रकरण : आज पनि थुनछेक बहस हुने

  • काठमाडौं ।  नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज पनि थुनछेक बहस जारी रहने भएको छ । काठमाडौं जिल्ला अदालतमा हिजोदेखि सुरु भएको थुनछेक बहस आज पनि जारी रहने भएको हो ।

    images
    images
    images

    न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सुरु भएको बहसको पहिलो दिन सरकारी वकिलका कार्यालयका दुई जना वकिलले मात्रै बहस गरेका थिए । पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायतका अदालतमा उपस्थित गराएर सरकारी वकिलहरूले थुनछेक बहस गरेका थिए । 

    सो थुनछेक बहस जेठ ३१ गतेसम्म जारी रहने र सो पछि पुर्पक्षका लागि थुनामा पठाउने कि नपठाउने भन्नेबारेमा निर्णय लिइने छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij