
Apr 10 2025 | २०८१, चैत २८ गते
ललितपुर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । शुक्रबार बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा सो बैठक बस्ने बताइएको छ ।
गत वैशाख २८ गतेदेखि ३० गतेसम्म बसेको पार्टी केन्द्रीय कमिटीको बैठकले केन्द्रीय सदस्यहरुलाई आफ्नो जिम्मेवारीमा रहेको भूगोलभन्दा फरक जिल्लामा काममा खटाउने निर्णय गरेको थियो ।
केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्न लागिएको केन्द्रीय कमिटीले जनाएको छ । नेताहरुका अनुसार बैठकले वार्षिक कार्ययोजनालाई अन्तिम रूप दिनेछ । साथै नेताहरुले केन्द्रीय सदस्यहरूको कार्यविभाजन गरिने पनि जनाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij