Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे रेशम चौधरी

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे रेशम चौधरी

  • काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका छन्। सोमबार बिहान डिल्लीबजार जेलबाट रिहा भएका रेशम उनकी श्रीमती एवं मन्त्री रञ्जिता श्रेष्ठसँग बालुवाटार पुगेका हुन्।

    images
    images
    images

    जेलबाट रिहा भएपछि उनी मन्त्री क्वाटर पुगेका थिए।  क्वाटरबाट प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्। गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट रेशमले आममाफी पाएका हुन्। टीकापुर हत्याकाण्डमा तीनै अदालतबाट दोषी ठहर भई चौधरीले जेल जीवन बिताइरहेका थिए।

    images

    गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति पौडेलले ५०१ जनालाई आममाफी दिएका छन्। 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij