
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा दायर भएकामध्ये आइतबार थप तीन जनाको बहस सुरु भएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा मुख्य अभियुक्त इन्द्रजित राईसहित सन्दीप रायमाझी र टंक कुमार गुरुङको बयान सुरु भएको हो ।
गत शुक्रबार सागर राई र केशव प्रसाद दुलालको बयान लिइएको थियो । हालसम्म शरणार्थी प्रकरणमा १७ जना पक्राउ परेका छन् । जसअनुसार नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डेलगायत उच्च पदस्थहरू समेत पक्राउ परेका छन् ।
उनीहरूविरुद्ध ठगी, सरकारी लिखत किर्ते, राष्ट्रियताविरूद्धको अपराध, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको थियो । कुल ३० जनालाई प्रतिवादी बनाइएको मुद्दामा १३ जना अझै फरार छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij