Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रतिनिधि सभाको बैठक साँझ ६ बजे बस्दै

प्रतिनिधि सभाको बैठक साँझ ६ बजे बस्दै

  • काठमाडौँ । एमालेले अवरुद्ध गरेपछि स्थगित भएको प्रतिनिधि सभाको शुक्रबारको बैठक साँझ ६ बजे बस्ने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    बैठक सुरु हुने वित्तिकै माओवादी सांसदले पशुपतिनाथ मन्दिरको जलहरीमा एमाले अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टचार गरेको भन्ने लगाएको आरोपका विरुद्ध एमालेले नाराबाजी गरेपछि सभामुखले २० मिनेटका लागि स्थगित गरेका थिए ।

    AGNI GROUP

    जेठ १० गतेको प्रतिनिधि सभामा ओलीले सुनको भनेर पित्तलको जलहरी लगाएको भन्दै माओवादीको सांसद लेखनाथ दाहालले आरोप लगाएका थिए ।

    उक्त अभिव्यक्ति फिर्ता लिन भन्दै एमालेले संसद अवरुद्ध गरेका थिए । त्यसपछि सूचना टाँसेर ३ बजे बस्ने भनेको बैठक फेरि सूचना निकालेर ६ बजे बस्ने तयारी गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij