
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जना अभियुक्तको बयान आजबाट सुरु हुँदैछ । काठमाडौं जिल्ला अदालतमा पक्राउ परेका अभियुक्तको बयान हुनेछ ।
सरकारी वकिलको कार्यालयले नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर करोडौंको ठगी गरेको आरोपमा पूर्वउपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझी,पूर्वगृहमन्त्री बालकृष्ण खाँण,पूर्वसांसद आङटावा शेर्पा तथा पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित ३० व्यक्तिविरुद्ध विभिन्न अभियोगमा ५ मुद्दा दायर गरेको छ ।
अदालतमा पक्राउ परेका १६ प्रतिवादीले आजदेखि बयान दिन सुरु गर्नेछन् । अदालतमा बयान सकिएपछि उनीहरूलाई धरौटीमा छाड्ने कि पुर्पक्षका लागि थुनामै राख्ने भन्ने निर्णय गर्न थुनछेक बहस सुरु हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij