
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौँ । काठमाडौंको तार्केश्वर नगरपालिका–५ स्थित गोलढुंगाबाट बलात्कार आरोपमा एक जना युवक पक्राउ परेका छन् । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–५ घर भएर गोलढुंगा बस्ने ३६ वर्षीय आशिष थापा भन्ने आशिष थापा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत सातदोवाटोले २८ वर्षीया युवतीलाई आरोपीले ललितपुर स्थित निजको टहरामा गएर बलात्कार गरेको जनाएको छ । पीडितले जेठ ३ मा प्रहरी वृत सातदोवाटोमा जाहेरी दिएकी थिइन् ।
प्रहरी वृत बालाजुको समन्वयमा आरोपीलाई पक्राउ गरिएको प्रहरी वृत सातदोवाटोले जनाएको छ । आशिष थापाविरुद्ध अदालतबाट ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij