
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव संसदीय दलको नेता बनेका छन् । जसपा संसदीय दलको सोमबार बसेको बैठकबाट अध्यक्ष यादवलाई सर्वसम्मत संसदीय दलको नेता चुनेको हो ।
गत उपनिर्वाचनमा बारा-२बाट यादव निर्वाचित भएका थिए । यसअघिका संसदीय दलका नेता रामशाहय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि जसपामा संसदीय दलको नेतृत्व नेतृत्वविहीन बनेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij