
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मुख्य न्यायाधिवक्तामा बुद्धबहादुर थापालाई नियुक्त गरेका छन् । यसअघि खुमकान्त पौडेलले मुख्य न्यायाधिवक्ताको पदबाट राजीनामा दिएपछि चौधरीले थापालाई नियुक्त गरेका हुन् ।
थापा बुटवल उपमहानगरपालिका ९ निवासी हुन् । उनी नेपाल प्राध्यापक संघका पूर्व केन्द्रीय अध्यक्ष पनि हुन् । उनले लामो समय बुटवल बहुमुखी क्याम्पसमा राजनीतिशास्त्र अध्यापन गराएका थिए ।
राजनीतिशास्त्रमा विद्यावारिधि गरेका थापाले कानुनमा स्नातक गरेका छन् । कांग्रेस नेता बालकृष्ण खाँणको सिफारिसमा उनी मुख्यन्यायधिवक्ता नियुक्त भएको स्रोतले बताएको छ । थापालाई सोमबार नै शपथ ग्रहण गराउने तयारी छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij