Logo

Jun 02 2025 | २०८२, जेठ १९ गते

Jun 02 2025 | २०८२, जेठ १९ गते

पाकिस्तानको लगातार दोस्रो हार, जेमिसनले लिए ११ विकेट

पाकिस्तानको लगातार दोस्रो हार, जेमिसनले लिए ११ विकेट

  • क्राइस्टचर्च । अग्लो कदका तिब्र गतिका बलर काइल जेमिसनले ११ विकेट लिएसँगै न्यूजील्यान्डले पाकिस्तानलाई दोस्रो टेस्टमा एक इनिङ र १७६ रनको विशाल अन्तरले पराजित गरेको छ । यो जितसँगै न्यूजील्यान्ड टेस्ट क्रिकेटको विश्व वरियतामा पहिलो नम्बरमा उक्लेको छ । 

    images
    images
    images

    पहिलो इनिङमा पाँच विकेट लिएका काइल जेमिसनले दोस्रो इनिङमा पनि प्रभावशाली खेल प्रदर्शन गर्दै पाकिस्तानका ६ खेलाडी आउट बनाएका थिए । ट्रेन्ट बोल्टले ३ विकेट लिएका थिए भने केन विलियम्सनले १ विकेट लिएका थिए । 

    images

    पहिलो इनिङमा २९७ रन बनाएको पाकिस्तानले दोस्रो इनिङमा १८६ रन मात्र बनाउन सकेको थियो । पहिलो इनिङमा ६५९ रन बनाएको न्यूजील्यान्डले अन्ततः पाकिस्तानलाई एक इनिङ र १७६ रनले पराजित गरेको हो ।

    दुई खेलको यस शृंखलामा न्यूजीन्यान्डले २–० ले विजयी भएको छ । 

    पहिलो इनिङमा व्यक्तिगत २३८ रन बनाएका कप्तान केन विलियम्सनले म्यान अफ द म्याच र म्यान अफ द सिरिजको उपाधि जिते । 

    images

    दोस्रो इनिङमा पाकिस्तानका अविद अलिले २६, मोहम्मद अब्बासले ३, अजहर अलिले ३७, ह्यारिस सोहेलले १५, फवाद आलमले १६, मोहम्मद रिजवानले १०, फाहिम अश्रफले २८, जफार गोहारले ३७ रन बनाएका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij