
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवाता भएको छ । यादव र प्रधानमन्त्री प्रचण्डबीच आज भेटवार्ता भएको हो ।
सरकार गठनको ६ महिना हुनै लाग्दा पनि प्रचण्ड नेतृत्वको सरकारले अझै पूर्णता पाउन सकेको छैन । जसपाको भागमा परेको वन मन्त्रालय ६ महिनादेखि मन्त्रीविहन रहेको छ । आजको भेटका क्रममा यादव र प्रचण्डबीच मन्त्रीपरिषदलाई पूर्णता दिने विषयमा छलफल भएको बताइएको छ ।
भेटका क्रममा जसपाको भागमा परेको वन मन्त्रालयको नेतृत्व छिट्टै टुंग्याउने र मन्त्रिपरिषद् विस्तार गर्ने सहमती भएको छ ।
जसपामा मन्त्री बन्न आकांक्षा राख्ने सांसदको संख्या धेरै हुँदा मन्त्री टुंग्याउन पार्टी अध्यक्ष यादवलाई निक्कै कष्ट परिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij