
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी रहेको छ ।
सभामुख देवराज घिमिरेले शुक्रबार अपरान्ह बस्ने प्रतिनिधि सभाको बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । संघीय संसद सचिवालयले नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक जारी रहेको जनाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार अपरान्ह चार बजे बस्ने गरी बोलाइएको संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम बाचन गर्नेछन् । आगामी बर्षको नीति तथा कार्यक्रम पारित गर्न सिंहदरवारमा केहीबेरमा मन्त्रिपरिषद बैठक पनि बस्दैछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij