
Apr 15 2025 | २०८२, वैशाख २ गते
काठमाडौँ । चन्दा असुलेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ‘विप्लव’ नेतृत्वको नेकपा निकट विद्यार्थी संगठनको सचिवालय सदस्य धनबहादुर चन्दसहित दुईजना रहेका छन् ।
पक्राउ परेका बैतडी घर भएका अमृत कार्की अखिल नेपाल ट्रेड युनियन मजदुर संघको सदस्य हुन् । धनबहादुर चन्द सल्यानका स्थानीय हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी (एसपी) सिताराम रिजालले दुवै जनालाई काठमाडौंबाट पक्राउ गरिएको बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij