Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

दोषी देखिए जेल जान तयार छु : प्रधानमन्त्री दाहाल

दोषी देखिए जेल जान तयार छु : प्रधानमन्त्री दाहाल

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी लडाकू शिविरमा भ्रष्टाचार भएको भन्ने कुराको खण्डन गर्दै त्यसमा दोषी देखिए आफू जेल जान तयार रहेको रहेको स्पष्ट पारेका छन् ।

    images
    images
    images

    प्रतिनिधि सभाको बिहिबारको बैठकमा सांसदहरुले विगतमा माओवादी लडाकू शिविरमा घोटाला भएको र त्यसबारे प्रधानमन्त्रीको जवाफ माग गरेपछि प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

    उनले राप्रपाका सचेतक ज्ञानबहादुर शाहीले द्धन्द्धकालमा भएका विभिन्न भ्रष्टाचारका सवालमा प्रश्न उठाएका थिए । सो प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले भने, ‘क्यान्टोनमेन्टको विषय कपोकल्पित र पूर्वाग्रही छ भन्ने मेरो दृढ विश्वास छ । कसैले दिएको उजुरीको आधारमा छानबिन भएर दोषी ठहरिएमा म आफैँ जेल जान तयार छु ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij