
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौँ । मधेश प्रदेशसभाको बैठक आज बस्न लागेको छ । प्रदेशसभा सचिवालले आज दिउँसो २ बजे प्रदेशसभा बैठक बस्न लागेको जनाएको छ ।
प्रदेशसभा सचिव रञ्जीतकुमार यादवका अनुसार महालेखापरीक्षकको कार्यालयबाट प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष पेस गरिएको वार्षिक प्रतिवेदन २०७९, अर्थमन्त्री सञ्जयकुमार यादवले आजको बैठकमा प्रस्तुत गर्ने र त्यसअघि विशेष समयमा सांसदहरुले समसामयिक विषयमा आफ्नो धारणा राख्ने सम्भावित कार्यसूची रहेको छ ।
यसअघि यही जेठ २ गते प्रदेशसभाको नवौँ बैठक बसेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij