Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

पूर्वगृहमन्त्री खाणको बयान पूरा

पूर्वगृहमन्त्री खाणको बयान पूरा

  • काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणको बयान पूरा भएको छ । जिल्ला सरकारी वकिल कार्यालयका एक जना अधिकृतले मंगलबार राति बयान पूरा भएको बताए ।

    images
    images
    images

    सोमबार पनि सरकारी वकिलको रोहबरमा प्रहरीले उनलाई बयान गराएको थियो । तर, खाणले ५ वटा प्रश्नको उत्तर दिएपछि बयान गर्न अस्वीकार गरेपछि भोलिपल्ट पुनः बयान लिइएको हो । शरणार्थीको नाममा ठगेको घटनामा खाणले इन्कारी बयान दिएका छन् । 

    पूर्व सहसचिव बालकृष्ण पन्थी नेतृत्वको प्रतिवेदन फेरवदल गरेर तत्कालीन गृहमन्त्री खाण, मन्त्रालयका सचिव टेकनारायण पाण्डे र स्वकीय सचिव नरेन्द्र केसीसँगको मिलेमतोमा गिरोहले ठगीधन्दा चलाएको प्रहरीको दाबी छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij