
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान जारी रहेको छ । सोमबार स्वास्थ्य अवस्थाको कारण देखाउँदै बयान दिन नमानेका खाँणको अहिले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान भइरहेको हो ।
हालसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा १४ जना पक्राउ परिसकेका छन् । अहिलेसम्म १२ जनाको बयान भइसकेको बताइएको छ । सरकारी वकिल कार्यालयका एक अधिकारीले खाँणको बयान पनि आज सकिने बताएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij