काठमाडौं । कर्णाली पर्यटन उद्यमी समाजको अध्यक्षमा देविकृष्ण रोकाया सर्वसम्मत चयन भएका छन् । सोमबार काठमाडौंमा भएको तेस्रो साधारण सभाले रोकायाको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा प्रेमबहादुर लामा, सचिवमा खडक रोकाया, सह-सचिवमा मनराज सिमखडा र कोषाध्यक्षमा च्याङजोरलामा रहेका छन् । त्यस्तै हरिकृष्ण रावल, छेतेन डोल्मा लामा र राकेश शाही सदस्य रहेका छन् । निवर्तमान अध्यक्ष जगबहादुर बुढा पनि नयाँ कार्यसमितिमा रहेका छन् ।
त्यसका साथै सल्लाहाकारमा जंगबहादुर लामा, प्रेम दोर्चे लामा र जितेन्द्र झांक्री रहेका छन् । नवनिर्वाचित अध्यक्ष रोकायाले पर्यटन क्षेत्रको नीति निर्माणको तहमा कर्णालीको उपस्थितिलाई प्रभावकारी बनाउन पहल गर्ने बताए ।