
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौँ । मधेस प्रदेशसभाको बैठक आज दिउँसो बस्ने भएको छ । बैठक १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । करिब एक महिनापछि प्रदेशसभाको बैठक बस्न लागेको हो । यसअघि गत चैत्र २७ गते प्रदेशसभाको बैठक बसेको थियो ।
प्रदेशसभाका सचिव रंजितकुमार यादवका अनुसार आज बस्ने प्रदेशसभाको बैठकमा चार वटा विधेयक पेस गर्ने सरकारको तयारी रहेको छ । भौतिक पूर्वाधार मन्त्रालयले बनाएको यातायात सम्बन्धी विधेयक प्रदेशसभामा पेस हुने उनले जनाएका छन् ।
अघिल्लो सरकारमा भौतिक पूर्वाधार मन्त्री रामसरोज यादव नै हुँदा यो विधेयक तयार पारिएको थियो । त्यस्तै सचिव यादवले बालबालिका संरक्षण र प्रदेश प्रशासनसम्बन्धी विधेयक पनि पेस हुने सम्भावित कार्यसूचीमा रहेको बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij