
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई सरकारी वकिल कार्यालय लगिएको छ ।
सोमबार बिहान बयानका लागि खाणलाई बबरमहलस्थित सरकारी वकिलको कार्यालय लगिएको हो । गत वैशाख २७ गते पूर्वगृहमन्त्री खाण पक्राउ परेका थिए ।
पूर्वगृहमन्त्री खाणलाई हिरासतमा राखेर अनुसन्धानका लागि आइतबार मात्र दोस्रोपटक चार दिनको म्याद थप गरिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij