
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौं । नागरिक लगानी कोषले शेयरधनीहरुलाई २६.३१५८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
कम्पनी सचिव नवराज खड्काका अनुसार शुक्रबार दिउँसो बसेको कोष सञ्चालक समितिको बैठकले आव २०७८/७९ नाफाबाट हाल कायम चुुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.३१५८ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको जनाएका छन् ।
उक्त लाभांश अर्थमन्त्रालयबाट सहमति र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij