Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

कांग्रेसका पूर्वसांसद शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी

कांग्रेसका पूर्वसांसद शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी

  • काठमाडौँ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान भन्दै एक अर्ब रुपैयाँभन्दा बढी ठगी भएको प्रकरणमा नेपाली कांग्रेसका पूर्वसांसद आङ्तावा शेर्पा पनि तानिएका छन् । उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

    images
    images
    images

    शेर्पाविरुद्ध शुक्रबार जिल्ला अदालत काठमाडौंले पुर्जी जारी गरेको हो । उनी अहिले फरार छन् । २०७० सालमा रामेछापबाट शेर्पा सांसद निर्वाचित भएका हुन् । यो प्रकरणमा पक्राउ परेकाहरुलाई भेटेर शेर्पाले पूर्वगृहमन्त्री बालकृष्ण खाणको नाम नपोल्न आग्रह गरेको बताइएको छ ।

    रकम फिर्ता दिलाउने भन्दै शेर्पाले केशव दुलाल र सानु भण्डारीलाई खाणको नाम नलिन अनुरोध गरेका थिए । तर, यही प्रकरणमा पक्राउ परेका सचिव टेकनारायण पाण्डेले पोलेपछि खाण अहिले प्रहरी हिरासतमा छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij