Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

गण्डकीमा माओवादीलले टुंग्यायो मन्त्रीहरुको नाम

गण्डकीमा माओवादीलले टुंग्यायो मन्त्रीहरुको नाम

  • काठमाडौँ । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाएको छ । बिहीबार बसेको संसदीय दलको बैठकले रेशमबहादुर जुग्जालीलाई सरकारमा पठाउने निर्णय गरेको हो ।

    images
    images
    images

    जुग्जाली नेकपा माओवादी केन्द्र म्याग्दीको जिल्ला संयोजक हुन् । अघिल्लो सरकारका बेला उनी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका थिए । आजै सरकारले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेको छ ।

    माओवादी केन्द्रको तर्फबाट शुशिला सिंखडा विनाविभागिय मन्त्री भइसकेका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वैशाख १५ गते कांग्रेसकी सरस्वती अर्यात तिवारी र माओवादीकी शुशिला सिंखडालाई मन्त्री नियुक्त गरेका थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij