
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेटेका छन् ।
शुक्रबार बिहान लामिछानेले बालुवाटार पुगेर प्रधानमन्त्री दाहाललाई भेटेका हुन् । सो भेटवार्तामा नक्कली भुटानी शरणार्थी प्रकरणलाई छानबिन गरी टुंगोमा पुर्याउन लामिछानेले प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।
रास्वपाका एक नेताका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा खुट्टा नकमाइकन काम गर्न लामिछानेले प्रधानमन्त्री दाहाललाई आग्रह गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij