
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा १३ करोड २३ लाख खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा ३० दशमलव ६५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस्तै, कम्पनीले १ अर्ब ४६ करोड माथि खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ४५ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो ।
२ अर्ब चुक्ता पुँजी भएको कम्पनीको जगेडामा ५९ करोड ७२ लाख रहेको छ । एक वर्षको अवधिमा जगेडा कोषको रकम ३१ दशमलव १४ प्रतिशतले वृद्धि भएको छ । जीवन बीमा कोष ३७ दशमलव ९० प्रतिशतले वृद्धि हुँदै ३ अर्ब ७४ करोड पुगेको छ । एक वर्ष अघि जीवन बीमा कोषमा २ अर्ब ७१ करोड थियो ।
कम्पनीको खुद दावी भुक्तानी ८४ दशमलव ७४ प्रतिशतले वृद्धि हुँदै हुँदै ५१ करोड १० लाख पुगेको छ । प्रकाशित तथ्यांक अनुसार कम्पनीको प्रति शेयर आम्दानी ८ रुपैयाँ ८३ पैसा र प्रति शेयर नेट्वर्थ १३२ रुपैयाँ १७ पैसा रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij