
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । निर्वाचन आयोगले विन्दावासिनी कंसकारलाई समानुपातिक सांसद बनाएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग २ करोड डिल गरेको अडियो सार्वजनिकपछि रास्वपाको कारबाहीमा परी ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त भएको थियो ।
निर्वाचन आयोगका उप न्यायधिवक्ता गुरु वाग्लेले उक्त पदमा रास्वपाको सिफारिसअनुसार कंसकारलाई सांसद बनाइएको जानकारी दिए । आयोगले उनलाई प्रमाणपत्र पनि प्रदान गरेको छ ।
साथै संघीय संसद सचिवालयलाई पनि जानकारी गराइसकिएको वाग्लेले बताए । आजै सर्वोच्च अदालतले निलम्बित सांसद श्रेष्ठको पक्षमा फैसला गर्दै तत्काल कारवाही नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij